बजेट सन्तुलित छ, बजेटका अनुमानहरू पोहोरको जस्तो हावादारी छैनन् « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बजेट सन्तुलित छ, बजेटका अनुमानहरू पोहोरको जस्तो हावादारी छैनन्



काठमाडौं । सरकारले आगामी आर्थिक २०७८–०७९ का लागी १६ खर्ब ४९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छ । जसमा चालु खर्चतर्फ ४१.२ प्रतिशत, पूँजीगत खर्च २२.७ प्रतिशत, स्थानिय तथा प्रदेशलाई २३.५ प्रतिशत, वित्तीय ब्यवस्थापनमा १२.६ प्रतिशत बजेट विनियोजन गरेको छ । जसमा राजश्वबाट १०.२५ खर्ब र ऋणबाट ५.५९ खर्ब संकलन गर्ने लक्ष राखेको छ ।

आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबैभन्दा धेरै शिक्षमा १.८ खर्ब, स्वास्थ्यमा, हालसम्म कै धेरै १.२३ खर्ब रकम बजेट विनियोजन गरेका जानकारी दिए ।

नबील बैंकका उप–महाप्रबन्धक मनोज ज्ञवालीको बजेटको बारेमा समिक्षा

1.चालु बर्ष को बजेट रु.14.74 खर्ब को हाराहरी 80% मात्रै खर्च हुने देखिन्छ। यो हिसाबले बजेट अली बढि महत्वाकांक्षी देखिन्छ।

2. चुनाबको मिति नै तोकेको सरकारले चुनावको लागी बजेट छुट्याएको छैन र सांसद बिकास कोषमा समेत बजेट राखेको छैन। यसले गर्दा सरकार यसैगरी चलाउने लक्ष्य लिएको देखिन्छ।

3.स्वास्थ्य लाई प्राथमिकतामा राखेर बजेट बनाउनु सह्रानिय छ। सदुपयोगीता सरकारले प्रत्याभुत गर्न सक्यो भने लक्ष्य राम्रो छ।

4. निति तथा कार्यक्रम सबै नागरिकलाई समेटेर ‘ पपुलिष्ट’ सोच लिएर ल्याएको छ। यसरी चारैतिर कनिका छरेजस्तै बजेट छरिंदा पुजीगत बजेट कम हुदै गएको छ। तर पनी सबैलाई सम्झेको छौ है भन्ने सन्देश बजेटले दिएको छ।

5. विवादित सांसद विकासकोषमा बजेट बिनियोजन नगरेर सरकारले राम्रो सन्देश दिएको छ।

6.पोहोर सालको भन्दा बजेट अली सन्तुलित छ, बजेटका अनुमानहरू पोहोर सालको जस्तो हावादारी छैनन र लोकप्रिय हुने लक्ष्य सहित आएको छ। तर श्रोत संकलन तर्फ सरकार बढि आशावादि भएर अनुमान गरेको छ।

7. सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता धेरै कार्यक्रम थपेको छ तर गत बर्षमा भएको बजेटको सदुपयोगीता के छ सोध्यो भने चुप लाग्नु पर्ने स्थीती छ।

8. सरकारको अबस्था र जुन मनोवृत्ति अनुसारको बजेट छ। राम्रो चुनावी घोषणापत्र लेख्ने विज्ञहरू पनी बजेट लेखनमा समावेश भएको झल्को धेरै ठाउँमा देखिन्छ।

https://www.facebook.com/mkgyawali


प्रतिक्रिया दिनुहोस्