नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । बैंकको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
नवनियुक्त कम्पनी सचिव पौडेलले जेठ ७ गतेदेखि नै कार्यभार सम्हालेका छन् । यसअघि बैंकको कम्पनी सचिवमा माधव प्रसाद रेग्मी रहेका थिए ।