सामाजिक सुरक्षा कोषको दबाव नरोकिए वित्तीय क्षेत्रका कर्मचारीले आन्दोलन गर्ने « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

सामाजिक सुरक्षा कोषको दबाव नरोकिए वित्तीय क्षेत्रका कर्मचारीले आन्दोलन गर्ने



काठमाडौं । बैंक, बीमा तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन दिएको निर्देशनलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन, नेपाल वित्तीय संस्था कर्मचारी संघले इन्कार गरेको छ । सामाजिक सुरक्षा कोषमा सहभागी हुन भनेको निर्देशनलाई र्मचारीहरुले खाईपाई आएका सेवा सुविधाहरु कटौती हुनेगरी जबरजस्ती गर्न खोजेको आरोप लगाएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संगठन, नेपाल वित्तीय संस्था कर्मचारी संघले कर्मचारीको इच्छा विपरित र खाईपाई आएका सेवासुविधाहरु कटौती हुने विरोध गरेका हुन् ।

अध्यक्ष पदमराज रेग्मी र महासचिव हरिराज खरेलले एक संयुक्त विज्ञप्ति जारी गर्दै कोषको दादागिरी नरोकिए संघले आन्दोलन गर्ने चेतावनी दिएको हो । हाल विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको सहित ४८ वटा संस्थाका १७ हजारभन्दा बढी कर्मचारी नेपाल वित्तीय संस्था कर्मचारी संघमा आवद्ध छन् ।

“हालसम्म कोषले २४१७ लाभग्राहीलाई ९ करोड १६ लाख र दाबी भुक्तानी संख्या (पटक) ३७६६ पटकगरी जम्मा ९ करोड १६ लाख भुक्तानी गरेको देखिन्छ । यसको आधारमा हेर्दा प्रति लाभग्राही रु.३७,८९८.२२ र प्रतिदाबी रु. २४,३२२.८९ पैसा भुक्तानी भएको देखिन्छ । यो आँकडालाई हेर्दा कोषले प्रदान गर्ने दाबी भुक्तानी पनि झाराटार्ने खालको मात्र रहेछ भने प्रष्ट हुदैन र ?” विज्ञप्तिमा भनिएको छ

FIEUN_Bigyapti_Social-Security-Scheme-2078-02-19


प्रतिक्रिया दिनुहोस्