निषेधाज्ञा खुकुलो भएसंगै बैंकहरुको कोटा सिस्टम हट्यो, राष्ट्र बैंक भन्छ ‘असार लाग्यो ५० प्रतिसत शाखा खोल्नु’ « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

निषेधाज्ञा खुकुलो भएसंगै बैंकहरुको कोटा सिस्टम हट्यो, राष्ट्र बैंक भन्छ ‘असार लाग्यो ५० प्रतिसत शाखा खोल्नु’



काठमाडौं । स्थानिय प्रशासनले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाएको छ । कोरोना भाइरसको दोस्रो भेरियन्ट केही कम हुँदै गएपछि स्थानिय प्रशासनले दैनिक व्यावसायमा पनि खुकुलो गर्ने जनाएको छ ।

उपत्यकामा स्थानिय प्रशासनले ३ साताअघि बैंकहरुलाई समिति शाखा खोल्न कोटा तोकेको थियो । जसमा काठमाडौं जिल्लामा केन्द्रीय कार्यालय बाहेक ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोल्न निर्देशन दिएको थियो ।

स्थानिय प्रशासनले बैंक शाखा खोल्न गरेको कडाइमा खुकुलो गरेसंगै भोली असार १ गतेदेखी बैंकका शाखाहरु धेरै खुल्ने भएका छन । नेपाल राष्ट्र बैंकले अव भोलीदेखी सुरक्षा अपनाएर अधिकतम ५० प्रतिसत शाखा खोल्न आग्रह गर्ने बताएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुकार ढकालले भने ‘असार मसान्त लाग्यो बैंकहरुका पनि काम धेरै हुन्छन्’ एक दिन बिराएर शाखा खोल्न आग्रह गरिने बताए ।

प्रशासनले बैंकको कर्मचारीलाई परिचयपत्र देखाएर हिडडुल गर्न दिने बताएको छ । उता बैंकहरु अधिकतम खुल्दा भिडभाड बढ्ने चिन्ता उत्तिकै बढेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने फेरी कोरोना बढ्न सक्ने भएकाले अहिलेनै अन्धाधुन्द शाखा खोल्न नहुने बताए ।

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहामा संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक सम्पूर्ण उपायहरु अबलम्बन गर्न बैंकले निर्देशन दिएको हो ।

काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले बैंकहरुका लागी केही सहज व्यवस्था गरेअनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आज सर्कुलर जारी गर्दै शाखाहरुको संख्यामा लगाएको संख्यात्मक बन्देज हटाएको हो ।

सीमित शाखा समेत २५ प्रतिशत मात्र कर्मचारी राखेर खोल्न पाइने भनिएको थियो । तर, आज जारी भएको नयाँ सर्कुलरमा भने शाखा संचालनमा केही लचक व्यवस्था गरिएको हो ।

बैंक तथा वित्तीय संस्थाले आफ्नो व्यवसायिक निरन्तरतालाई उच्च प्राथमिकता राखी कार्यलय उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामको लागि मात्र कार्यलयमा उपस्थित गराई सेवा प्रदान गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । त्यस्तै सकेसम्म घर बाट नै आफ्नो सेवा प्रदानमा जोड दिन समेत राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Notice-number-21-nrb


प्रतिक्रिया दिनुहोस्