राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त, गभर्नर अधिकारीसमक्ष शपथ लिए « Arthapath.com
२१ असार २०७८, सोमबार

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त, गभर्नर अधिकारीसमक्ष शपथ लिए



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा रामशरण पुडासैनी नियुक्त भएका छन् । नव नियुक्त अध्यक्ष पुडासैनीले आज नै पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नवनियुक्त अध्यक्ष पुडासैनीले गभर्नर अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंक संचालक समितिको आईतबार बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्षको पदबाट बैंक संचालक समिति समक्ष राजीनामा दिएका थिए । अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन् । शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्