साउन लागेपछि बैंकबाट बाहिरियो ६१ अर्ब निक्षेप, कर्जा भने तीन सातामा १४ अर्ब बढ्यो « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

साउन लागेपछि बैंकबाट बाहिरियो ६१ अर्ब निक्षेप, कर्जा भने तीन सातामा १४ अर्ब बढ्यो



काठमाडौं । यो वर्ष साउन लागेसँगै लगातार बैंकबाट मानिसहरुले पैसा झिक्न थालेको देखिएको छ । तीन सातामा बाणिज्य बैंकहरुबाट मात्रै ६१ अर्ब रुपैयाँ बाहिरिएको छ । यसमध्ये ६० अर्ब स्वदेशी र १ अर्ब विदेशी मुद्रा छ । गएको असार मसान्तमा बाणिज्य बैंकहरुसँग ४० खर्ब ८० अर्ब रुपैयाँ थियो ।

उक्त रकम साउनमो पहिलो साता ३८ अर्ब, दोस्रो साता ७ अर्ब र तेस्रो साता थप १५ अर्ब घटेको छ । लगातार निक्षेप घटेपछि २२ साउनसम्म बाणिज्य बैंकहरुमा ४० खर्ब २० अर्बमात्रै स्वदेशी निक्षेप बाँकी रहेको देखिन्छ । विदेशी मुद्राको निक्षेप पनि असार मसान्तमा भएको १ खर्ब २२ अर्बबाट घटेर १ खर्ब २० अर्ब हाराहारीमा झरेको छ ।

यस अवधिमा कर्जा लगानी भने उकासिएको छ । गत असार अन्त्यमा ३५ खर्ब ६७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले २२ साउनसम्ममा ३५ खर्ब ८१ अर्ब नघाइसकेका छन् । यसबीच थप १ खर्ब ५२ अर्ब रुपैयाँ विदेशी मुद्रामै कर्जा लगानी भएको छ ।


प्रतिक्रिया दिनुहोस्