मर्जरको तयारीमा रहेको हिमालयन बैंकको नाफा ३ अर्ब रुपैयाँ, ब्याज आम्दानी घट्दा प्रतिशेयर आम्दानी बढ्यो « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

मर्जरको तयारीमा रहेको हिमालयन बैंकको नाफा ३ अर्ब रुपैयाँ, ब्याज आम्दानी घट्दा प्रतिशेयर आम्दानी बढ्यो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकसँग विग मर्जरको तयारीमा रहेको हिमालयन बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १५.९० प्रतिशत बढेर २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद नाफा २ करोड ५८ लाख ६७ लाख २२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी २१.४३ प्रतिशत घटेर ३ अर्ब ७८ कोड ८२ लाख ६ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८२ करोड १७ लाख ३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १.६८ प्रतिशत बढेर ६९ करोड ८२ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकको सञ्चालन मुनाफा २६.२७ प्रतिशत बढेर ४ अर्ब ३० करोड ७७ लाख ५७ हजार रुपैयाँ, कूल सञ्चालन मुनाफा १४.१८ प्रतिशत बढेर ७ अर्ब ३६ करोड ९१ लाख २१ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ६५.७४ प्रतिशत बढेर २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ पुगेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा साढे ३० करोडबाट घटेर साढे १४ करोडमा सिमित भएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेर १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ, जगेडा कोष १४.३५ प्रतिशत बढेर ९ अर्ब ३९ करोड ६१ लाख २३ हजार रुपैयाँ, निक्षेप १२.५८ प्रतिशत बढेर १ खर्ब ४१ अर्ब २ करोड १० लाख ७४ हजार रुपैयाँ र कर्जा २३.८९ प्रतिशत बढेर १ खर्ब २६ अर्ब २ करोड ९७ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४६ पैसा बढेर २८ रुपैयाँ ६ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १७.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्