लक्ष्मी बैंकको अधिकांश सूचक सामान्य अंकको सुधार, ब्याज आम्दानी घट्दा नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

लक्ष्मी बैंकको अधिकांश सूचक सामान्य अंकको सुधार, ब्याज आम्दानी घट्दा नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ९.२० प्रतिशत बढेर १ अर्ब ५४ करोड १३ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड १५ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको बैंकको खुद ब्याज आम्दानी ७.०१ प्रतिशत घटेर ३ अर्ब २१ करोड ९३ लाख ७१ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ४६ करोड २१ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २३.६५ प्रतिशत बढेर ८७ करोड ५५ लाख ६२ हजार रुपैयाँ, सञ्चालन मुनाफा ७.६६ प्रतिशत बढेर २ अर्ब १७ करोड ९७ लाख ७४ हजार रुपैयाँ र कुल सञ्चालन मुनाफा ७.५२ प्रतिशत बढेर ४ अर्ब ९५ करोड २६ लाख ८७ हजार रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा १०.९७ प्रतिशत घटेर १ अर्ब ३६ लाख ७३ हजार रुपैयाँमा सिमित भएको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ४७ करोड ५२ लाख रुपैयाँबाट बढेर ५६ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ९ प्रतिशत बढेर १० अर्ब ६९ करोड ५६ लाख ९० हजार रुपैयाँ, जगेडा कोष ४७.२९ प्रतिशत बढेर ६ अर्ब १३ करोड ९ लाख ८ हजार रुपैयाँ, निक्षेप १६.५० प्रतिशत बढेर १ खर्ब १४ अर्ब ६० करोड ३१ लाख १७ हजार रुपैयाँ र कर्जा १९.८६ प्रतिशत बढेर १ खर्ब ६ अर्ब १ करोड ४८ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ पैसा बढेर १४ रुपैयाँ ४१ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात २७.४१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ३२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्