राष्ट्र बैंकको बोर्ड बैठक सकियो, मौद्रिक नीति आज सवा ४ बजे सार्वजनिक गर्ने

काठमाडौं । मौद्रिक नीति शुक्रबार सवा ४ बजे सार्वजनिक गरिने भएके छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज शुक्रबार बसेको सञ्चालक समितिको बैठक सकिएको छ । आज बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले शुक्रबार सवा ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो ।
सरकारले बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर परिमार्जन गर्ने भनेपछि राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्न हच्केको थियो । साउन पहिलो साता नै केन्द्रिय बैंकले मौद्रिक नीति तयार पारिसकेको बताएको थियो । तर असार अन्त्यमा सरकार परिवर्तन भएपछि गभर्नर अधिकारी उक्त नीति सार्वजनिक गर्ने साइत कुरेर थिए । उक्त साइत आज शुक्रबार जुरेको हो ।
सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रमको सूची पनि सार्वजनिक गरिसकेको छ । संसदको अर्थ समितिले पनि आफ्ना तर्फबाट मौद्रिक नीतिमा सुझाव दिइसकेको छ ।