ब्याज र साँवा पुस मसान्तसम्म तिर्न सकिने « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

ब्याज र साँवा पुस मसान्तसम्म तिर्न सकिने



काठमाडौं । ब्याज तथा साँवा पुस मसान्तसम्म तिर्नसक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कोरोना महामारीका कारण असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याज र साँवा पुस मसान्तसम्म तिर्न सकिने ब्यवस्था गरेको हो ।

मौद्रिक नीतिले निषेधाज्ञा अवधिका २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआई–इक्यूआई वा साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरि २०७८ पुस मसान्त सम्म म्याद थप गर्न सकिने व्यवस्था गरेको हो ।

कोभिड महामारीबाट अति प्रभावित होटेल, ट्राभल, ट्रेकिङ, हवाई सेवालगायत पर्यटनमा निर्भर रहने व्यवसायी ऋणीको हकमा वित्तीय अवस्था विश्लेषण गरि आवश्यकता अनुसार २०७९ असार मसान्तसम्म पाक्ने व्याजको छुट्टै हिसावमा राख्ने व्यवस्था हुने भएको छ । यस्तो रकममा थप हर्जाना र पेनाल ब्याज नलाग्ने राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

कोभिड–१९ महामारीबाट अति प्रभावित क्षेत्रमध्ये रेष्टुरेन्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरन्जन व्यवसायका ऋणले २०७८ पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने सावाँ तथा ब्याज दायित्वको समयावधि एक वर्ष थप गर कम्तिमा चार किस्तामा तिर्न सकिने व्यवस्था गरिने छ ।


प्रतिक्रिया दिनुहोस्