विकास बैंकलाई शेयर ब्रोरकको लाइसेन्स दिन बैंकरको माग, धितोपत्र बोर्डलाई लेखे यस्तो पत्र « Arthapath.com
२४ असार २०८२, मंगलबार

विकास बैंकलाई शेयर ब्रोरकको लाइसेन्स दिन बैंकरको माग, धितोपत्र बोर्डलाई लेखे यस्तो पत्र



काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारीहरूको क्लब ‘डेभेलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल’ले धितोपत्र दलाल (ब्रोकर)को काम गर्न आफूहरुलाई पनि दिनुपर्ने माग अघि सारेका छन् । बुधबार नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै बैंकरले यस्तो माग गरेका हुन् ।

धितोपत्र सम्बन्धी ऐनमा ‘बोर्डको सिफारिसमा बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्पmत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्ने’ व्यवस्था गरेको भन्दै बैंकरले बोर्डलाई सुझाएका छन् ।

धितोपत्र व्यवसायी नियमावलीमा पनि ‘क बर्गका (बाणिज्य) बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्ने’ उल्लेख भएको पत्रमा भनिएको छ ।

एशोसियसनले यी कानूनी व्यवस्था उल्लेख गर्दै ‘बिकास बैंकहरूले पनि आफ्ना सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय गर्ने अनुमती प्रदान गरिदिन’ बोर्डलाई पत्र लेखेको बताएको छ । विद्यमान कानूनले बाणिज्य बैंक वा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषजस्ता विशेष ऐनद्वारा स्थापित संस्थालाईमात्रै ब्रोकरको लाइसेन्स दिनसक्ने व्यवस्था गरेका कारण नियमावली सच्याएर आफूहरुलाई पनि समेट्न एशोसिएसनले माग गरेको हो ।

एशोसिएसन अध्यक्ष प्रद्युमन पोखरेलले राष्ट्रिय स्तरका बिकास बैंकहरुको औसत चुक्ता पूँजी ३ अर्व ४० करोड रुपैयाँ नाघिसकेको बताए । बिकास बैंकहरूले १ हजारभन्दा बढी शाखाबाट करिव ४१ लाख ग्राहकलाई बैंकिङ् सेवा प्रदान गर्दै आएको एशोसिएसनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

एशोसिएसनले आफूहरूले ३ लाखभन्दा बढी ग्राहकलाई कर्जा प्रवाह गरेको बताएका छन् । गएको असार मसान्तसम्म उनीहरूले ४ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप लिएर ३ खर्ब ८३ अर्व रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्