सानिमा बैंकको शैक्षिक छात्रवृत्ति आवेदन खुला, क-कसले पाउँछन आवेदन दिन ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सानिमा बैंकको शैक्षिक छात्रवृत्ति आवेदन खुला, क-कसले पाउँछन आवेदन दिन ?



काठमाडौं । सानिमा बैंकले शैक्षिक छात्रवृत्रि आवेदन खुला गरेको छ । बैंकले उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि स्थायी बसोबास गर्ने २।२ जनाको लागि आवेदन खुल्ला गरेको हो ।

बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सोहि अनुरुप यस वर्षको लागि पनि बैंकले आवेदन खुल्ला गरेको छ ।

उपत्यका बाहिरका उच्च शिक्षा हासिल गर्न इच्छुकले यहि भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन । छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइट मा पनि उपलब्ध रहेको छ ।

कार्यक्रम अन्तर्गत विद्यार्थीलाई बैंकले शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीका साथै अतिरिक्त मासिक दुई हजार नगद दुई वर्षको लागि प्रदान गर्ने छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम मार्फत सेवा दिदै आएको छ ।

May be an image of text


प्रतिक्रिया दिनुहोस्