महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिक प्रालिबीच सम्झौता « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिक प्रालिबीच सम्झौता



काठमाडौं । महालक्ष्मी विकास बैंक र सम्यक डायगनोस्टिकबीच सम्झौता भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिक प्रा. लि. सँग सम्झौता गरेको हो ।

भदौ १५ गते मंगलबार भएको सम्झौता अनुसार ग्राहकहरुले सम्यक डायगनोस्टिक प्रा. लि. को प्रयोगशालामा स्वास्थ्य परिक्षण गराउँदा १०% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

देशका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्गमार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न हार्दिक अपिल पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्