८.७५ प्रतिशत व्याजदर भएको मुक्तिनाथ डिबेञ्चर २०८४–८५ नेप्सेमा सूचीकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । हिजो बिहीबार नेप्सेमा बैंकको ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४–८५’ को १२ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो ।
बैंकले साउन ७ गतेदेखि साउन १२ गतेसम्म ७ वर्ष अवधिको ८.७५ प्रतिशत व्याजदर भएको ‘मुक्तिनाथ डिबेञ्चर २०८४–८५’ नामको १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री गरेको थियो ।
मुक्तिनाथ विकास बैंक लि. र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच ऋणपत्रको सूचिकरण गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंककोATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंकको ATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था ल्याएको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।