क्षेत्रीय स्तरका विकास बैंकमा निक्षेप घट्यो, राष्ट्रिय स्तरका संस्थामा बढ्यो « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

क्षेत्रीय स्तरका विकास बैंकमा निक्षेप घट्यो, राष्ट्रिय स्तरका संस्थामा बढ्यो



काठमाडौं । गत साता क्षेत्रीय स्तरका विकास बैंकमा निक्षेप घटेको छ । क्षेत्रीय स्तरका ८ वटा विकास बैंकमा एक सातामै २५ करोड रुपैयाँभन्दा बढी निक्षेप घटेको डेभेलपमेण्ट बैंकर्स एशोसियसन नेपालले जनाएको छ । यी बैंकमा १८ भदौमा ७२ अर्ब १७ करोड रुपैयाँ निक्षेप रहेकोमा २५ भदौमा आउँदा ७१ अर्ब ९२ करोडभन्दा कम भएको छ ।

राष्ट्रिय स्तरमा विकास बैंकले भने यही एक सातामा ४ खर्ब १६ अर्ब ३८ करोडबाट करीब ९८ करोड रुपैयाँ निक्षेप बढाएर ४ खर्ब १७ अर्ब ३६ करोड पुर्याएका छन् । विकास बैंकहरुको कुल निक्षेप ४ खर्ब ८९ अर्ब २८ करोड पुगेको छ । यो तथ्यांकमा क्षेत्रीय स्तरका तीन विकास बैंकको तथ्यांक भने समावेश नभएको एशोसिएसनले जनाएको छ ।

विजिनेश एण्ड कर्पोरेट डेभेलपमेण्ट बैंक, सहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्यांक समावेश नभएको एशोसिएसनले जनाएको छ । यसबीचमा सबै किसिमका विकास बैंकले कर्जा रक मभने बढाएका छन् । १५ वटा विकास बैंकले जम्मा ७३ करोड (०.१५ प्रतिशत) निक्षेप बढाउँदा कर्जा भने ३ अर्ब १५ करोड (०.७३ प्रतिशत) बढाएका छन् ।

अघिल्लो सातासम्म ४ खर्ब ३३ अर्ब ऋण लगानी गरेका विकास बैंकले गत साताको अन्त्यसम्म ४ खर्ब ३६ अर्बभन्दा बढी कर्जा विस्तार गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्