सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्ग बीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

सांग्रिला डेभलपमेन्ट बैंक र सिडिएस एण्ड क्लियरिङ्ग बीच निक्षेप सदस्यता सम्बन्धि सम्झौता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड बिच निक्षेप सदस्यता सम्बन्धि सम्झौता भएको छ ।

अब सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पनि निक्षेप सदस्यको रुपमा सर्वसाधारणलार्ई सेवा सुविधा प्रदान गर्ने भएको छ । पुतलीसडक स्थित सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको कार्यालयमा एक कार्यक्रमका बिच सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्र्र्र्य र बैंकका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले सयुतm रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

निकट भविष्यमै सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ९६ वटै शाखा कार्यालयहरु मार्फत निक्षेप सदस्यता सम्बन्धि कार्य सञ्चालनमा ल्याउनेछ । मुलुकभर ९६ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्