स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिद्धार्थ बैंकलाई १ करोड २० लाख डलर ऋण सहयोग गर्ने « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिद्धार्थ बैंकलाई १ करोड २० लाख डलर ऋण सहयोग गर्ने



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिद्धार्थ बैंकलाई ऋण दिने भएको छ । सिंगापुरको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिद्धार्थ बैंकलाई १ करोड २० लाख अमेरिकी डलर ऋण दिने भएको हो । सिंगापुरको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिद्धार्थ बैंकलाई ऋण दिन स्वीकृति पनि दिईसकेको छ ।

दुबै बैंकबीच ऋण प्रदान गर्न सम्झौता भएको हो । हालसम्म बैंकले ८० लाख अमेरिकी डलर पाइसकेको छ भने बाँकी ४० लाख अमेरिकी डलर छिटै उपलब्ध हुने बैंकले जनाएको छ ।

उक्त ऋण सहयोगले तरलता व्यवस्थापन गर्न सहज पुग्ने छ भने अन्तराष्ट्रिय व्यापारमा समेत सहयोग पुग्ने विश्वास बैंकले गरेको छ । पछिल्लो समय तरलता अभावभएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो नै जारी गरेको थियोख ।


प्रतिक्रिया दिनुहोस्