कामना सेवाको “के एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

कामना सेवाको “के एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा



काठमाडौं । कामना सेवाको “के एस डिजी” डिजिटल वालेट सेवा सञ्चालनमा ल्याएको छ । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको हो ।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका ग्राहकहरुले घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु Upload गरी “के.एस डिजी” वालेट खोल्न सक्नेछन् ।

हिजो एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरेका छन् । यस डिजिटल वालेट खोल्न एपमा Face Recognition   गर्न सक्ने Artificial Intelligence (AI) को प्रयोग भएको छ । साथै, Account Opening, Loan Application, Inter Operable QR, mCash लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेका छन् ।

बैंकले देशभर रहेका १ सय २९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्