मेगा बैंकले १ अर्ब १६ करोड रुपैयाँमा जग्गा किन्ने

काठमाडौं । मेगा बैंकले कर्पाेरेट कार्यालय भवन निर्माण गर्ने भएको छ । बैंकले कर्पाेरेट कार्यालय भवन निर्माणका लागि नग्गा किन्ने भएको हो ।
मेगा बैंक नेपाल लिमिटेडले १ अर्ब रुपैयाँ बढीको जग्गा किन्ने निर्णय गरेको हो । बैंकको सञ्चालक समितिको बैठकले १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँको जग्गा किन्ने निर्णय गरेको हो ।
बैंकले काठमाण्डौ महागरपालिका–५ स्थित जग्गा बैंकको नाममा किन्ने निर्णय गरेको हो । हाल कर्पाेरेट कार्यालय कमलादीस्थित राइजिङ मलमा रहेको बैंकले उक्त जग्गामा बैंकले कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको हो ।