प्रभु बैंकले सार्वजनिक गर्यो दशैंमा खुला हुने काउण्टर, कुन शाखा कति गते खुल्ने ? « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

प्रभु बैंकले सार्वजनिक गर्यो दशैंमा खुला हुने काउण्टर, कुन शाखा कति गते खुल्ने ?



काठमाडौं । प्रभु बैंकले दशैंमा सञ्चालन हुने शाखाको सूची सार्वजनिक गरेको छ । बैंकले हिन्दुहरुको पर्व विजयादशमीको समयमा पनि विभिन्न शाखा कार्यालय खुला गर्ने भएको छ ।

बैंकले दशैंमा ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै देशभरिका विभिन्न शाखा कार्यालयहरुमा नगद कारोबार सञ्चालन हुने जनाएको छ ।

बैंकले काठमाडौं उपत्यकाभित्र र उपत्यकाबाहिर गरी कति गते कुन शाखा सञ्चालन हुने भनेर सूची नै सार्वजनिक गरेको हो । तर असोज २९ गते दशैंको दिनमा भने बैंकिङ्ग सेवा बन्द रहेको छ ।

उक्त समयमा बैंकले निक्षेप जम्मा, चेक भुक्तानी (बढीमा दैनिक १ लाख रुपैयाँ) र रेमिट्यान्स रकम बढीमा ५० हजार रुपैयाँसम्म जम्मा गर्न पाउने सुविधा दिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्