कामना सेवा विकास बैङ्कले १९.४७ प्रतिसत लाभांश दिने, कात्तिक २३ मा बोलायो साधारणसभा

काठमाडौँ । कामना सेवा विकास बैकले सेयर धनीलाई १९.४७ प्रतिशत लाभांश दिने भएको छ । असोज २५ गते सोमबार बसेको बैङ्क सञ्चालक समिति बैठकले सो लाभांश दिने प्रस्ताव गरेको हो ।
बैङ्कले चुक्ता पुँजीको २ अर्ब ६५ करोड १९ लाख ६३ हजार ७३१.५९ को १८.५० प्रतिशतका दरले हुन आउने रकम ४९ करोड ६ लाख १३ हजार २९०.३४ बोनस सेयर तथा सोको कर प्रयोजनको लागि ०.९७ प्रतिशतका दरले हुन आउने रकम २ करोड ५७ लाख ४० हजार ०४८.२० बराबरको नगद लाभांश समेत गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले आगामी कात्तिक २३ गते १५ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । १५ औँ वार्षिक साधारणसभा प्रयोजनको लागि कात्तिक १० गते एक दिनको लागि बैङ्कको सेयरधनी दर्ता किताब बुक क्लोज गर्ने जनाएको छ ।
उक्त साधारण सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने र संस्थापक तथा सर्वसाधारण सेयर धनीको तर्फबाट ३/३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू रहेका छन् ।