राष्ट्र बैंकको निर्देशनपछि बैङ्कहरूले ब्याजदर घटाए, कुन बैङ्कले कति ? « Arthapath.com
४ कार्तिक २०७८, बिहीबार

राष्ट्र बैंकको निर्देशनपछि बैङ्कहरूले ब्याजदर घटाए, कुन बैङ्कले कति ?



काठमाडौँ । कात्तिक २ गते राती नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूले बढाएको अश्वभाविक ब्याजदर घटाउन निर्देशन दिएको थियो । बैङ्कहरूले कात्तिक १ गते देखी लागु हुने गरी ब्याजदर बढाएका थिए । बैङ्कहरू चर्को व्याज दिएर निक्षेप तान्ने होडमा लागेपछि राष्ट्र बैङ्कले ब्याजदर नियन्त्रणमा ल्याउन अघिल्लो महिना कोभन्दा  १० प्रतिसतले मात्रै बढाउन पाउने निर्देशन गरेको थियो । 

वाणिज्य बैङ्कहरूले कात्तिक महिना लागेपछि निक्षेप तान्न ब्याजदरमा चर्को प्रतिस्पर्धा गर्न थालेपछि नेपाल राष्ट्र बैैंकले हस्तक्षेप गरेर सबै वाणिज्य बैङ्कको ब्याजदरलाई १० प्रतिशत भन्दा कमको सीमा तोकिदिएको छ । 

बैङ्कहरूले बुधवार नै ब्याजदर परिमार्जन गरेका छन् । आफ्नो निक्षेप अरु बैङ्कले खोसेपछि सबैभन्दा ११.६७ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको  थियो । हिमालयनले राष्ट्र बैङ्कको निर्देशनपछि ब्याजदर घटाएर ९.३६ मा झारेको छ । त्यस्तै ११.१० प्रतिशतको ब्याजदर घोषणा गरेको एनआईसी एसियाको पनि घटाएर ९.३६ नै कायम गरेको छ । 

राष्ट्र बैङ्कको निर्देशनपछि १४ वटा वाणिज्य बैङ्कको व्यक्तिगत मुद्धति निक्षेपमा ब्याजदर ९.३६ कायम भएको छ । अव १४ बैङ्कबिच प्रतिस्पर्धा नहुने भएको छ । त्यस्तै सबैभन्दा कम ब्याजदर स्टाडर्ड चाटर्डको ७ प्रतिशत र एभरेस्ट बैङ्कको ८ प्रतिशत रहेको छ । 

कुन बैङ्कको कति प्रतिशत ब्याजदर ? नविल, मेगा, प्राइम, एनआईसि, सिद्धार्थ एनबी, एनएमबी, कुमारी हिमालयन, ग्लोबल आइएमई, सेन्चुरी, सिभिल, बैङ्क आफ काठमान्डु, एनसिसि बैङ्कले ९.३६ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । 

त्यस्तै नेपाल इन्भेस्टमेन्ट र लक्ष्मी बैङ्कले ९.३५ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । माछापुच्छ्रे ९.१२, सनराइज र सानिमाले ९.०६ ब्याजदर प्रकाशित गरेका छन् । कृषि विकास बैङ्कको ८.८५, सिटिजन्स, नेपाल एसबिआई ८.८०, प्रभु ८.५७ ब्याजदर रहेको छ । 

त्यस्तै सरकारी बैङ्क राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल बैङ्कको ८.३६ प्रतिशत रहेको छ । स्टाडर्ड चाटर्डको ७ प्रतिशत र एभरेस्ट बैङ्कको ८ प्रतिशत रहेको छ । 


प्रतिक्रिया दिनुहोस्