साङ्ग्रिला डेभलपमेन्ट बैङ्क बट्टार शाखाले ६० विद्यार्थीलाई दियो वित्तीय साक्षरता

काठमाडौँ । साङ्ग्रिला डेभलपमेन्ट बैङ्क नुवाकोट बट्टार शाखाले १७औँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विदुर नगरपालिका वडा नं. २ मा अव्यवस्थित भैरवी मावि अशोक बाटिका नुवाकोटका विद्यार्थीहरूमाझ वित्तीय साक्षरता कार्यक्रम गरेको शाखाकी कर्मचारी राधिका गजुरेलले बताइन् ।
साक्षरता कार्यक्रममा विदुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बिरेन्द्रकुमार शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रलाल श्रेष्ठ, विदुर नगरपालिका सहकारी शाखा प्रमुख पुष्कर शर्मा रिमाल, विद्यालयका निमित्त प्रधानाध्यापक दिवाकर रिमाललगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका करिब ६० जना विद्यार्थीलाई बैङ्कका शाखा प्रमुख नवराज सुवेदीले बैङ्क को महत्त्व, वित्तीय साक्षरता कार्यक्रम किन र के का लागी, बचत किन गर्ने भन्ने विषयमा प्रकाश पारेका थिए ।
शाखाका कर्जा विभाग प्रमुख विकास दुलालले कर्जाको महत्त्व, आवश्यकता, रेमिटेन्स, बिमा र नोटको सुरक्षाको विषयमा जानकारी दिँदै सहजीकरण गरेका थिए ।