भाटभटेनीमा छिर्यो प्रभु बैंक, अब देशभरिका भाटभटेनीमा क्युआर कोडबाट भुक्तानी गर्न सकिने « Arthapath.com
११ कार्तिक २०७८, बिहीबार

भाटभटेनीमा छिर्यो प्रभु बैंक, अब देशभरिका भाटभटेनीमा क्युआर कोडबाट भुक्तानी गर्न सकिने



काठमाडौँ । भाटभटेनी सुपर स्टोर भित्र वित्तीय कारोबार गर्न धेरै बैङ्कहरूले १ वर्ष देखी प्रयास गरिरहेका थिए । देशको सबैभन्दा ठुलो सपिङ सेन्टरमा बैङ्किङ कारोबार गर्न बैङ्कहरूले चाहनु नौलो कुरा होइन । बिहीबार प्रभु बैङ्कले क्युआर कोडबाट भुक्तानी सुविधाको औपचारिक शुभारम्भ गरेको छ । 

देशकै ठुलो सपिङ स्टारेमा कारोबार गर्न प्रभु बैंक सफल भएको छ । अव भाटभटेनीका सबै शाखामा क्युआर कोडबाट सामानको भुक्तानी गर्न मिल्ने भएको छ । सो सेवाको शुभारम्भ नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले गरे । 

गभर्नर अधिकारीले कसरी दैनिक कारोबारलाई विद्युतीय माध्यममा जोड्न  प्रोत्साहन गर्न सकिन्छ ? त्यसमा राष्ट्र बैंक लागिरहेको बताए । राष्ट्र बैङ्कले गत वर्षबाट विद्युतीय  प्रोत्साहन गरेको छ । ‘सरकारको डिजिटल नेपाल अभियानमा राष्ट्र बैंक लागिरहेको छ, हामी छिट्टै क्यास लेस नेपाल गर्ने प्लानमा छौँ’ गभर्नर अधिकारीले भने । 

‘विद्युतीय कारोबारले देशको अर्थतन्त्र सुशासित हुनेछ, राज्यले पाउने कर बढ्छ, कारोबार पारदर्शी हुनेछ, यसतर्फ राष्ट्र बैंक सबैलाई अग्रसर हुन आग्रह गर्छ’ गभर्नर अधिकारीले भने । 

सम्झिए पुरानो अनुभव 

गभर्नर अधिकारीले भाटभटेनीको एउटा कोठाको स्टोरमा आफूले ब्रेड, बटर र कोल्डड्रिङ्स खाएको सम्झँदै अहिले देशव्यापी फैलिएकोमा शुभकामना दिए । राष्ट्र बैङ्कमा जागिर सकेर घर फर्कने बेलामा खाजा खाने ठाउँ आज देशकै ठुलो सपिङ स्टोर बनेकोमा उनले भाटभटेनीका प्रमुख गुरुङलाई बधाई दिए । 

कार्यक्रममा आन्तरिक राजश्व विभागको महानिर्देशक शोभाकान्त पौडेलले विद्युतीय कारोबारलाई सहजीकरण गर्न विभाग तयार रहेको बताए । भाटभटेनी सुप स्टोरका सञ्चालक मीन बहादुर गुरुङले देशभरका भाटभटेनीबाट कम्तीमा ६० प्रतिशत विद्युतीय कारोबार गर्ने जानकारी दिए । त्यस्तै प्रभु बैङ्कका सीईओ अशोक शेरचनले सरकारको डिजिटल नेपाल अभियानलाई साथ दिएको बताए । 


प्रतिक्रिया दिनुहोस्