बैंकर्स सङ्घका उपाध्यक्ष केसी भन्छन् ‘बैङ्किङ च्यानलबाट रेमिट्यान्स आएन, इम्पोर्ट बढ्दा तरलतामा झनै समस्या’ (भिडियोसहित) « Arthapath.com
२८ कार्तिक २०७८, आईतवार

बैंकर्स सङ्घका उपाध्यक्ष केसी भन्छन् ‘बैङ्किङ च्यानलबाट रेमिट्यान्स आएन, इम्पोर्ट बढ्दा तरलतामा झनै समस्या’ (भिडियोसहित)



काठमाडौँ । बैंकर्स सङ्घका उपाध्यक्ष सुनिल केसीले बैंकिङ च्यानलबाट रेमिट्यान्स नआउँदा देशको अर्थतन्त्रमा समस्या बढेको बताएका छन् । आइतबार एक कार्यक्रममा बोल्दै सीईओ केसीले कोरोनाको समयमा बैङ्किङ च्यानलबाट रेमिट्यान्स भित्रिएको तर अहिले अन्य च्यानलको प्रयोग भएको बताएका छन् । 

एनएमबी बैङ्कको सीईओसमेत रहेका केसीले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको तर रेमिट्यान्स भने घटेको बताएका छन् । यो उल्टो देखिएको भन्दै कसीले बैङ्किङ च्यानलबाट फन्ड नआउँदा अर्थतन्त्रमा झन् समस्या बढेको बताएका छन् । 

‘यै अवस्था रहे यो आवमा १ सय अर्ब रेमिट्यान्स  घट्छ ।’ केसीले डिपोजिटको व्याज बढाउँदैमा तरलता नबढ्ने बताएका छन् । तरलता बढाउन रेमिट्यान्सलाई फर्म च्यानलबाट ल्याउन सक्नुपर्ने र सरकारी खर्च बढ्नुपर्ने बताएका छन् । आयात बढेकाले पनि बजारमा तरलताको सङ्कट निम्तिएको बताए । आयात यस वर्ष १८ सय अर्बको हुने अनुमान रहेको भन्दै वैदेशिक लगानी ल्याउन जोड दिए । 


प्रतिक्रिया दिनुहोस्