नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनि बीच सम्झौता « Artha Path
७ मंसिर २०७८, मंगलवार

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनि बीच सम्झौता



काठमाडौं । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कंम्पनि विच रेमिटेन्स सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबिच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट प्रेसिडेन्ट/अध्यक्षरुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका छन ।

साझेदारी अन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारहरुले नेपालमा रहेका आफ्नो परिवार, साथी–भाइ र प्रियजनलाई सुरक्षितरुपमा रकम पठाउन सक्नेछन् । रेमिटेन्स गर्ने बित्तिकै नेपालभरका १५ हजार भन्दा बढी नबिल रेमिट एजेन्ट मार्फत रकम प्राप्त गर्न सक्छन् । ट्रान्सफर गरिएको रकम नेपालको प्रख्यात वालेट सेवा प्रदायकहरुको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सक्नेछन ।

बैंकले आप्mना रेमिटेन्स÷विप्रेषण ग्राहकहरुका लागि रेमिटरहरुका लागि विशेष विशेषता सहितको बचत निक्षेप (सेभिङ डिपोजिट) खाता, स्वदेशी÷विदेशी प्रयोगको लागि स्मार्ट डिजिटल बैंकिङ सेवाहरु, र विशेष सरल कर्जा सुविधाहरु लगायतका थुप्रै सुविधा सहितका विस्तारित सेवाहरु प्रदान गर्दै आईरहेको छ । यसका साथै बैंकले आफ्नो रेमिटेन्स सहयोग केन्द्र मार्फत् सबै रेमिटेन्स सम्बन्धी प्रश्नहरुका लागि प्राथमिकता सेवा सम्बन्धि सहयोग समेत प्रदान गर्ने छ ।

साझेदारी सम्झौता हस्तानान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत राहले उचित वित्तीय जागरुकता र बचतलाई सही ठाउँमा लगानी गर्ने निर्णय लिनुको महत्वको बारेमा विशेष जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्