तीन महिनामा उपभोक्ता मुद्रास्फीति ४.०३ प्रतिशत « Arthapath.com
१० मंसिर २०७८, शुक्रबार

तीन महिनामा उपभोक्ता मुद्रास्फीति ४.०३ प्रतिशत



काठमाडौं । चालु आर्थिक बर्ष २०७८/७९ को पहिलो त्रैमासमा मुद्रास्फीति बढेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो तीन महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४.०३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, वार्षिक विन्दुगत आधारमा २०७८ असोजमा उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । २०७७ असोजमा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको थियो ।

कोभिड–१९ बाट प्रभावित विश्व अर्थतन्त्र पुनरुत्थानको दिशामा अघि बढेको छ । सन् २०२० मा ३.१ प्रतिशतले संकुचनमा गएको विश्व अर्थतन्त्र सन् २०२१ मा ५.९ प्रतिशतले र सन् २०२२ मा ४.९ प्रतिशतले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ । विश्व मुद्रास्फीतिमा भनेचाप पर्न थालेको छ । सन् २०२० मा विकसित र विकासोन्मुख मुलुकहरुको मुद्रास्फीति क्रमशः ०.७ प्रतिशत र ५.१ प्रतिशत रहेकोमा सन् २०२१ मा क्रमशः २.८ प्रतिशत र ५.५ प्रतिशत हुने प्रक्षेपण छ । सन् २०२२ मा भने मुद्रास्फीतिमा केही सुधार हुने कोषको प्रक्षेपण छ ।


प्रतिक्रिया दिनुहोस्