पहिलोपल्ट फोन लोन सुरु गरेको कुमारी बैङ्कले १ लाख ग्राहाकलाई बिना धितो २ लाखसम्म ऋण दिने, यसरी लिनुहोस् ऋण « Arthapath.com
२० मंसिर २०७८, सोमबार

पहिलोपल्ट फोन लोन सुरु गरेको कुमारी बैङ्कले १ लाख ग्राहाकलाई बिना धितो २ लाखसम्म ऋण दिने, यसरी लिनुहोस् ऋण



काठमाडौँ । डेढ वर्ष अघि नै फोन लोन सेवा ग्राहाक माझा ल्याएको कुमारी बैङ्कले विना धितो २ लाखसम्म ऋण दिने भएको छ । बैङ्कले आज प्रत्रकार सम्मेलन गरी कुमारी बैङ्कमा खाता भएका नियमित तलब जम्मा हुने खातावालालाई न्यूनतम १ हजारदेखि अधिकतम २ लाखसम्म कर्जा दिने जनाएको छ । 

कुमारी बैङ्कका प्रमुख सञ्चालन अधिकृत रामचन्द्र खनालका अनुसार नियमित ३ महिनासम्म तलब जम्मा भइरहेका त्यस्ता ग्राहकाले कर्जा लिन सक्ने जानकारी दिए । कुमारी बैङ्कले फोन लोन ईएमआई वेसिमा आधारित भुक्तानी गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । 

कुमारी बैङ्कले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्रालिसँगको सहकार्यमा फोन लोन भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो । कुमारी बैङ्कमा नियमित तलब जम्मा गर्ने कर्मचारीको सङ्ख्या १ लाख रहेको प्रमुख सञ्चालन अधिकृत खनालले बताए । त्यसरी कर्जा लिने ग्राहकाले ३ महिना ६ महिना ९ महिना र १ वर्षमा ग्राहकाले ईएमआई बेसमा तिर्न सक्ने व्यवस्था गरेको छ । 

डिजिटल  बैङ्किङमा अग्रणी रहेको कुमारी बैङ्कले ग्राहकलाई थप सुविधा दिँदै सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैङ्कले उक्त फोन लोन ईएमआई सुविधा सञ्चालन गरेको हो । बैङ्कले सेवा सुरु गरेकै दिन १ ग्राहकालाई कर्जा प्रदान गरेको छ । त्यस्ता ग्राहकाले बैङ्कमा नगईकनै मोबाइलबाटै कर्जाको आवेदन दिन सकिने घरबाटै कर्जा पाउने सुविधा ल्याएको छ । 

कुमारी स्मार्ट मोबाइल बैंकिङ्गबाट कुनै धितो वा कागजी प्रक्रिया बिना नै फोन लोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त योजनामा फोन पे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवा सुविधा उपभोग गर्दा क्युआर स्क्यान गरी किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्