सिद्धार्थ बैंकको सीईओमा कँडेल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंकको सीईओमा कँडेल नियुक्त भएका छन् । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सुन्दरप्रसाद कँडेललाई दिइएको हो । यसअघि कँडेललाई कायम मुकायमको जिम्मेवारी दिईएको थियो ।
बैंकको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले कायमु कायम सीईओ कँडेललाई आगामी ४ बर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
बैंक सञ्चालक समितिको साउन १५ गते बसेको बैठकले कँडेललाई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमको कार्यकाल गत साउन २५ गते सकिएको थियो । कँडेलले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी साउन २६ गतेबाट सम्हालेका थिए ।