एनसीसी बैंक २५ औं वर्षमा प्रवेश « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

एनसीसी बैंक २५ औं वर्षमा प्रवेश



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स एनसीसी बैंकको २५ औं साधारण सभा सम्पन्न भएको छ । बैंक्ले २५ औं वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।२८ असोज २०७८ मा २५ औं वर्षमा प्रवेश गरेको बैंकले २३ मंसिरमा देशभरका विभिन्न ९ वटा शाखा कार्यालहरुमा रक्तदान कार्यक्रम राखेको थियो । कार्यक्रमबाट ५७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ ।

२५ औं वार्षिकोत्सवका अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रमेशराज अर्यालले बैंकीङ बजारमा बैंकको उपस्थिती थप बलियो बनाउदै लैजाने गरी काम गरिरहेको बताए । उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको बताए । कर्मचारीलाई सम्बोधन गर्दै सिईओ अर्यालले इमान्दारिताताको साथ काम गर्नको लागि आग्रह गर्नु भयो । आफू पनि तल्लो पदबाट सिईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउने गरी काम गर्नको लागि आग्रह गरेका छन् ।

ककार्यक्तममा बोल्दै बैंकका सञ्चालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले बैंक एक सवल तथा सक्षम संस्थाको रुपमा काम गर्दै गएको र सेवालाई नै प्राथमिक उद्देश्यको रुपमा लिनुर्पने बताए । बैंकले २५ वर्षदेखि निरन्तर काम गर्ने ५ जना कर्मचारीलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे मंगल बहादुर बलामी र राजमान डंगोल रहेका छन् ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएमबाट सेवा दिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्