एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद नेप्सेमा सूचिकृत « Arthapath.com
३ माघ २०७८, सोमबार

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद नेप्सेमा सूचिकृत



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ३० प्रतिशतले हुने हकप्रद शेयर सोमबार नेप्सेमा सूचिकृत भएको हो । बैंकको ३० प्रतिशत हकप्रदले हुने २४ लाख ३३ हजार ३ सय ६३.६७४२ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।


बैंकले गएको असोज २५ गते सोमबारदेखि कार्तिक २९ गते, सोमबारसम्म चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्