नबिल बैंकका अध्यक्ष पौडले लिए गर्भनर अधिकारीबाट शपथ

काठमाडौ । नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले शपथ ग्रहण गरेका छन् । पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट हिजो बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
पौष ३० गते बसेको सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रुपमा बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः पौडेल चयन भएका थिए ।
नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको नविल बैंकले जनाएको छ ।
