सिद्धार्थ बैंकको नाफामा ७१.६८ प्रतिशत बृद्धि, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
७ माघ २०७८, शुक्रबार

सिद्धार्थ बैंकको नाफामा ७१.६८ प्रतिशत बृद्धि, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खद नाफा ७१.६८ प्रतिशत बढेर १ अर्ब ५७ करोड ७३ लाख १३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ९१ करोड ८७ लाख रुपैयाँ ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८ प्रतिशतले बढेर ३ अर्ब ६९ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले २ अर्ब ५३ करोड १२ लाख ९५ हजार रुपैया खुद ब्याज आम्दानी गरेको थियो ।

यसअवधिमा बैंकको सञ्चालन आम्दानी २० प्रतिशत बढेर २ अर्ब २८ करोड ८ लाख ५१ हजार रुपैयाँ र वितरणयोग्य मुनाफा ६८ करोड ८३ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

पौष मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १४.२५ प्रतिशत बढेर १२ अर्ब ५२ करोड रुपैयाँ, जगेडा कोष ५.७७ प्रतिशत बढेर ८ अर्ब ७ करोड १० लाख ६९ हजार रुपैयाँ, निक्षेप ४.३५ प्रतिशत बढेर १ खर्ब ८८ अर्ब ७९ करोड ८४ लाख २९ हजार रुपैयाँ र कर्जा ११.५४ प्रतिशत बढेर १ खर्ब ७६ अर्ब ८८ करोड १९ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ १९ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २६ पैसा छ ।


प्रतिक्रिया दिनुहोस्