ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । बैंकको माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो ।
खड्का बैंकको संस्थापक सेयरधनी रहेका छन् । सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने खड्कालाई बैंकको अध्यक्ष पदको जिम्मेवारी दिएको हो ।
यसअघि बैंकको अध्यक्षमा हरि प्रसाद रहेका थिए । उनको राजिनामा स्वीकृत भएसँगै रिक्त रहेको पदमा खड्कालाई चयन गरिएको हो ।
