एनआईसी एशिया बैंकले माग्यो सातै प्रदेशमा कर्मचारी

काठमाडौं । एनआइएसी एशिया बैंकले कर्मचारी मागेको छ । बैंकले विभिन्न प्रदेशका लागि प्रशिक्षार्थी सहायक कर्मचारी मागेको हो ।
बैंकले सातै प्रदेशका शाखा कार्यालयका लागि कर्मचारीहरु मागेको हो । प्रशिक्षार्थी सहायकका लागि अनुभव नर्भपनि रोजगारीको अवसर दिने बैंकले जनाएको छ ।
बैंकिङ क्षेत्रमा काम गर्न चाहने र बैंकले तोकेको शैक्षिक योग्यता भएकाले दर्खास्त दिन सक्नेछन् । १८ वर्ष उमेर पुगेका र व्यवस्थापन विषयमा स्नातक गरेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् । आवेदकले अनलाइन माध्यमबाटै आफुलाई पायक पर्ने स्थानका लागि मेरो जब डटकम मार्फत फागुन ४ गतेसम्ममा आवेदन दिनुसकिनेछ ।
