सिटिजन्स बैंकद्वारा ग्राहकको सहजताका लागी सिटिजन्स सपोर्ट सेन्टर सेवा सुरुवात « Arthapath.com
२३ माघ २०७८, आईतवार

सिटिजन्स बैंकद्वारा ग्राहकको सहजताका लागी सिटिजन्स सपोर्ट सेन्टर सेवा सुरुवात



काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ Citizens Support Centre (कल सेन्टर) सेवा संचालनमा ल्याएको छ । बैंकले २३ माघ देखि उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नेछन् ।

ग्राहकहरूले ०१–५९७००६८ नम्बरमा फोन गरी तथा Citizens Support Centre मा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ख सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने छ । हालका लागी यो सेवा आठ घण्टाको लागी आरम्भ गरिएको छ ।

क्रमश: सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको छ । देशभरी रहनुभएका १३ लाख भन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसंग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले नगद रहित बैंकिङ्ग, व्यत्तिको उपस्थित बिनाको बैकिङ्ग, प्रणालिको स्वसंचालनतर्फ अफूलाई अग्रगामी बनाउदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए ।

अबको बैंकिङ्ग ग्राहकहरुलाई सरल, सुलभ, सुरक्षित, सहज बनाउदै प्रविधिको अत्याधिक प्रयोग गर्ने गरी काम अघि बढाउन उपस्थित व्यवस्थापकहरुलाई पोखरेलले अनुरोध गरे ।

सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गमा अत्याधिक प्रयोग बढाउदै लगेको छ । प्रविधि मैत्री र नयाँ पुस्ता बैंकिङ्गमा सिटिजन्सले आगामि दिनमा अत्याधिक प्राथमिकतामा राखि संचालन लागत घटाउन र ग्राहक मैत्री सहजता दिने विश्वास पनि पोखरेलले व्यक्त गरे ।

साथै उनले बैंकले आगामी दुई बर्ष भित्रको डिजिटल बैकिङ्ग सम्बन्धी मार्गचित्र समेत बनाएर अघि बढेको जानकारी दिए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटिएम र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्