राष्ट्र उत्थान लघुवित्तको नाफा १४८ प्रतिशत बढ्यो, ५० प्रतिशत भन्दा बढी लाभांस दिन सक्ने दाबी « Arthapath.com
२५ माघ २०७८, मंगलवार

राष्ट्र उत्थान लघुवित्तको नाफा १४८ प्रतिशत बढ्यो, ५० प्रतिशत भन्दा बढी लाभांस दिन सक्ने दाबी



काठमाडौं । पाmगुन ४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्न लागेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद मुनाफ १४८ प्रतिशत, जगेडा कोष ७९ प्रतिशत, कर्जा लगानी ६४ प्रतिशत, खुद व्याज आम्दानी ५७ प्रतिशत बढेको छ ।

लघुवित्तको खराब कर्जा खराब कर्जा १.०३ प्रतिशतमा सिमित राख्न संस्था सफल भएको छ । जुन लघुवित्त वित्तीय संस्थाहरु मध्येकै कम हो । वित्तीय संस्थाले हालसम्मको संचित मूनाफा र चालु आवको बांकी ६ महिनामा आर्जन गर्ने मूनाफाबाट आगामी बर्ष शेयरधनीहरुलाई करिब ५० प्रतिशत भन्दा बढी लाभांस सजिलै बाड्न सक्ने देखिन्छ ।

साथै, प्रकाशित आब्हान पत्र बमोजिम वित्तीय संस्थाको आब ०७८–०७९ मा खुद मुनाफा करिब ८ करोड ५ लाख रुपैयाँ, आब ०७९–०८० मा १९ करोड ७३ लाख रुपैयाँ र आब ०८०–०८१ मा रु २७ करोड ५ लाख हुने र सोहि अवधिमा प्रतिशेयर आम्दानी क्रमशः रु. ३०.९८, रु. ७५.९० र रु. १०४.०४ हुने प्रक्षेपण गरेकोले भविष्यमा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्ने देखिएको हुंदा ढुक्क भएर आईपीओमा लगानी गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्