वाणिज्य बैंकपछि विकास बैंक र फाइनान्स कम्पनीले पनि बढाए ब्याजदर « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

वाणिज्य बैंकपछि विकास बैंक र फाइनान्स कम्पनीले पनि बढाए ब्याजदर



काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निर्णय गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याजदर बढाउने निर्णय गरेका छन् ।

फागुन महिनादेखि निक्षेपको ब्याजदर बढाउने नेपाल बैंकर्स संघको निर्णयसँगै विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याज बढाउने निर्णय गरेका हुन् ।

विकास बैंक संघको शुक्रबार बसेको बैठकले क्षेत्रीयस्तरका विकास बैंकहरुको ११.६५ प्रतिशत र राष्ट्रिय स्तरका विकास बैंकहरुको ११.५५ प्रतिशत र्पुयाउने निर्णय गरेको हो । यसअघि विकास बैंकहरुको ब्याज दर १०.३५ प्रतिशत थियो ।

यस्तै फाइनान्स कम्पनीले पनि ब्याजदर बढाउने मोटामोटी सहमति भईसकेको छ । फाइनान्स कम्पनीदे ११.७१ प्रतिशत ब्याज दिने भएका छन् ।

वाणिज्य बैंकहरुले मुद्दती निक्षेप खातामा व्यक्तिगतमा बढीमा ११.०३ प्रतिशत र संस्थागतमा १०.०३ प्रतिशतसम्म ब्याज दिने छन् । यसअघि बैंकहरुले १०.०५ प्रतिशत ब्याजदर प्रदान गरिरहेका थिए । विकास बैंकहरुले १०.२५ प्रतिशत र फाइनान्स कम्पनीहरुले १०.३५ प्रतिशत ब्याज दिईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्