नेपाल बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज ? « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

नेपाल बैंकको नयाँ व्याजदर सार्वजनिक, कुन खातामा कति व्याज ?



काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज फागुन १ गते, आईतबारदेखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ६.५३ प्रतिशतदेखि अधिकतम ७.०३ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म दिने भएको हो ।

बैंकको नयाँ ब्याजदर अनुसार आधार दर ६.९२ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्