नाडेप लघुवित्तको नाफा ५५.७५ प्रतिशत घटेसँगै ईपीएस ९.९८ रुपैयाँमा सिमित « Arthapath.com
२ फाल्गुन २०७८, सोमबार

नाडेप लघुवित्तको नाफा ५५.७५ प्रतिशत घटेसँगै ईपीएस ९.९८ रुपैयाँमा सिमित



कामठाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा ५५.७५ प्रतिशत घटेर २ करोड १ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ । गत अािर्थक बर्षको सोही अवधिमा लघुवित्तले ४ करोड ५६ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ४१.७७ प्रतिशत बढेर १९ करोड ४१ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ६९ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा ५७.७१ प्रतिशत घटेर २ करोड ९३ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ९४ लाख ६७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी ४० करोड ४८ लाख रुपैयाँ, जगेडा कोष ३४.९९ प्रतिशत बढेर ३८ करोड ८२ लाख ३ हजार रुपैयाँ, निक्षेप संकलन २०.३१ प्रतिशत बढेर १ अर्ब ६६ करोड ८७ लाख ४ हजार रुपैयाँ, कर्जा लगानी ८.४६ प्रतिशत बढेर ४ अर्ब ६४ करोड ७० लाख ७६ हजार रुपैयाँ र सापटि रकम १२.६५ प्रतिशत घटेर २ अर्ब ३ करोड ३ लाख ३० हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९८ पैसा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ४५ पैसा रहेको थियो ।

लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ । लघुवित्तको खराब कर्जा ६.२० प्रतिशत, कस्ट अफ फण्ड ८.१४ प्रतिशत र तरलता अनुपात ११.९६ प्रतिशत रहेको छ ।


प्रतिक्रिया दिनुहोस्