राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ रुपैयाँ रुपैयाँको विकास ऋणपत्र २०८२ ‘च’ जारी गर्ने भएको छ । राष्ट्र बैंकले फागुन ४ गते ४ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो ।
बैंकको उक्त ऋणपत्र फागुन ३ गते बोलकबोलमार्फत बिक्री गरिने छ । बैंकको ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत तोकिनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । ऋणपत्र २०८२ फागुन ४ गते परिपक्व हुनेछ ।
बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात १२.७५ अर्ब र २.२५ अर्ब छुट्याइएको छ ।