तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६ महिनामा ३७६७.२९ अर्ब रुपैयाँ बजारमा पठायो « Arthapath.com
३ फाल्गुन २०७८, मंगलवार

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ६ महिनामा ३७६७.२९ अर्ब रुपैयाँ बजारमा पठायो



कामठाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न विभिन्न उपाय अपनाएको छ । चालु आर्थिक बर्षको ६ महिनामा नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३ हजार ७६७ अर्ब २९ करोड रुपैयाँ बजारमा पठाएको छ । राष्ट्र बैंकका अनुसार विभिन्न रिभर्स रिपो, निक्षेप संकलन उपकरणमार्फत बजारमा तरलता पठाएको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८–७९ को ६ महिनामा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड रुपैयाँ गरी कुल ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ । गत आर्थिक बर्षको सोही अवधिमा राष्ट्र बैंकले रिभर्स रिपोमार्फत ८९ अर्ब ५४ करोड रुपैयाँ र निक्षेप संकलन उपकरणमार्फत १५१ अर्ब ८० करोड रुपैयाँ गरी कुल २४१ अर्ब ३४ करोड रुपैयाँ तरलता प्रशोचन भएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा राष्ट्र बैंकले रिपोमार्फत् ३२३ अर्ब ८५ करोड रुपैयाँ, सोझै खरिद उपकरणमार्फत २७ अर्ब २२ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत ३०१५ अर्ब ८९ करोड रुपैयाँ गरी कुल ३ हजार ३६६ अर्ब ९६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ ।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) मा अमेरिकी डलर ६६ करोड ७४ लाख खुद खरिद गरी ८० अर्ब २६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी २५१ अर्ब २ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब १८ करोड बिक्री गरी २६० अर्ब ७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा राष्ट्र बैंकले अमेरिकी डलर २ अर्ब ४ करोड बिक्री गरी रु.२४१ अर्ब ३१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।


प्रतिक्रिया दिनुहोस्