महालक्ष्मी विकास बैंकमा ५१ रुपैयाँमानै खोल्न सकिन्छ ’महालक्ष्मी बचत वृद्धि खाता’, ८.५५ प्रतिशत व्याज पाइने « Arthapath.com
४ फाल्गुन २०७८, बुधबार

महालक्ष्मी विकास बैंकमा ५१ रुपैयाँमानै खोल्न सकिन्छ ’महालक्ष्मी बचत वृद्धि खाता’, ८.५५ प्रतिशत व्याज पाइने




काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना महालक्ष्मी बचत वृद्धि खाता सार्वजनिक गरेको छ ।

मात्र रु. ५१ मै खाता खोल्न मिल्ने ‘महालक्ष्मी बचत वृद्धि खाता’ मा दैनिक मौज्दातमा ८.५५ प्रतिशत व्याज गणना गरी मासिक रूपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । यस योजना अन्तगर्त खाता खोल्नुभएका ग्राहक महानुभावहरुको रु पाँच लाखको दुर्घटना मृत्यु बीमा गरिएको छ ।

त्यस आकर्षक बचत योजना अन्तर्गत खाता खोल्नु भएका आदरणीय ग्राहक महानुभावहरुले निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाईल बैंकिङ सुविधा, निःशुल्क अनलाइन बैंकिङ सुविधा, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, निःशुल्क मेरो सेयर सिआस्वा तथा निःशुल्क डिम्याट खाता जस्ता आकर्षक सुविधाहरु प्राप्त गर्नु हुनेछ ।

विगत देखिनै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी बचत वृद्धि खाता संचालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card / Dollar card जारी गरीसकेको छ । समग्रमा chip based travel Card, eCommerce card / Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्