छिमेक र आरएमडीसी लघुवित्तको शेयर बिक्री खुला, प्रतिकित्ता कति छ मूल्य ?

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो स्वामित्वमा रहेको २ वटा लघुवित्तको संस्थापक शेयर आज (फागुन ५ गते) देखि बिक्री खुला गरेको छ । बैंकले शेयर लिलाम बढाबढ गरी २ वटा लघुवित्तको ७ लाख ५५ हजार ९४० कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो ।
बैंकले छिमेक लघुवित्त वित्तीय संस्थाको ६ लाख ६ हजार १४० कित्ता संस्थापक शेयर र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १ लाख ४९ हजार ८ सय कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो ।
छिमेक लघुवित्तको शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ६ सय रुपैयाँ र आरएमडीसी लघुवित्तको न्यूनतम प्रतिकित्ता ५४० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले आजदेखि चैत ९ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम २ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकले उक्त संस्थापक शेयर बिक्रीका लागि बिओके क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
लगानीकर्ताले अन्तिम दिन चैत ९ गतेसम्म बिओके क्यापिटलको कार्यालय नारायणचौर नक्साल काठमाडौंमा आइपुग्ने गरी बैंक अफ काठमाण्डूका सबै शाखाबाट आवेदन दिन सक्नेछन् ।
