आईपीओ निष्काशनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको नाफा १८.८७ % र ब्याज आम्दानी १९.०९ % घट्यो « Arthapath.com
५ फाल्गुन २०७८, बिहीबार

आईपीओ निष्काशनको तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको नाफा १८.८७ % र ब्याज आम्दानी १९.०९ % घट्यो



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा खुद नाफा १८.८७ प्रतिशत घटेर १० करोड ७३ लाख ८६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले १३ करोड २३ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी १९.०९ प्रतिशत घटेर १८ करोड ७५ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २३ करोड १८ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा १८.८७ प्रतिशत बढेर १७ करोड ४ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले २१ करोड १ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

पौष मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ, जगेडा कोष ३६.५३ प्रतिशत बढेर ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ, निक्षेप ९.१२ प्रतिशत बढेर २ अर्ब ३७ करोड १२ लाख १८ हजार रुपैयाँ, कर्जा १४.९७ प्रतिशत बढेर ४ अर्ब २१ करोड ७३ लाख १६ हजार रुपैयाँ र सापटि रकम २१.२० प्रतिशत बढेर ३३ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको खराब कर्जा ६.०९ प्रतिशत र कस्ट अफ फण्ड ११.३४ प्रतिशत रहेको छ ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले फागुन ११ गतेदेखि चुक्ता पूँजी को ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कानश तथा बिक्री खुला गर्ने भएको हो । लघुवित्तको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २५ करोड ५० लाख पुग्नेछ ।

लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याईएको छ ।


प्रतिक्रिया दिनुहोस्