महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग बाणिज्य संघलाई फर्निचर प्रदान

काठमाडौं । विगत २७ वर्ष देखि अनवरत रुपले सरल, सहज, र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले “एक शाखा , एक सामाजिक उत्तरदायित्व” कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिदैँ महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग बाणिज्य संघको कार्यालयलाई एक विशेष कार्यक्रमका बिच फर्निचर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको कुरा बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताएका छन् ।
उक्त फर्निचर सामान कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा कैलारी उद्योग वाणिज्य संघका अध्यक्ष नेपालु चौधरीलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै कैलारी गाउँपालीका अध्यक्षले बैंकले उत्कृष्ट वित्तिय सेवाहरु प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत स्थानियहरुको आर्थिक उत्थानमा सहयोग पु¥याइरहेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उक्त कार्यक्रमा स्थानियबासी, स्थानिय जनप्रतिनिधी, कर्मचारी, उद्योगी , व्यापारीहरुको उल्लेख्य सहभागीता रहेको थियो । आगामी दिनहरुमा पनी सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।