सीआईटीका उपकार्यकारी निर्देशक डा. कट्टेल एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा नियुक्त « Arthapath.com
५ फाल्गुन २०७८, बिहीबार

सीआईटीका उपकार्यकारी निर्देशक डा. कट्टेल एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा नियुक्त



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा डा.कट्टेल नियुक्त भएका छन् । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. ईन्द्रकुमार कट्टेल नियुक्त भएका हुन् ।

बैंकको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले डा. कट्टेललाई सीईओ पदमा नियुक्त गरेको हो । सीईओ डा.कट्टेललाई चैत २९ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो । सीईओ कट्टेल आगामी ४ वर्षसम्मको लागि बैंकको सीईओ पद सम्हाल्नेछन् ।

डा. कट्टेल हाल नागरिक लगानी कोषमा उप कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । यसअघि उनी राष्ट्रिय वाणिज्य बैंकबाट ३० बर्ष काम गरेर अवकाश पाएका थिए । उनी नागरिक स्टक डिलरका सञ्चालक समेत रहेका छन् ।

नागरिक लगानी कोषबाट डा. कट्टेलको कार्यकाल फागुन २८ गते सकिदैँ छ । बैंकिङ्ग क्षेत्रमा ३५ बर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।

यसअघि दिनेशकुमार पोखरेलको पदावधी असार मसान्तबाट सकिएछि बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पदमा लेखराज कार्कीलाई दिएको थियो । कामु सीईओ कार्की गत साउन १ गतेदेखि कार्यररत थिए ।


प्रतिक्रिया दिनुहोस्