प्रतिकित्ता १८५ रुपैयाँमा आईसिएफसी फाइनान्सको २ लाख ३ हजार कित्ता शेयर बिक्री खुला

काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले आज (फागुन ६ गते, शुक्रबार) देखि संस्थापक समूहको शेयर बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूहको २ लाख ३ हजार ५८० कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।
कम्पनीको उक्त संस्थापक शेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ । ईच्छुक लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले कम्पनीको संस्थापक शेयरमा न्यूनतम ३० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् ।
संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीको उक्त संस्थापक शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले फागुन १३ गते एनएमबि क्यापिटल नागपोखरी काठमाडौं आइपुग्ने गरी आफूले खरिद गर्न चाहेको कित्ता र प्रतिकित्ता मूल्य सहित पेश गर्नुपर्नेछ ।
