मञ्जुश्री फाईनान्सको शाखा कार्यालय कलंकीको कारोबार शुभारम्भ « Arthapath.com
६ फाल्गुन २०७८, शुक्रबार

मञ्जुश्री फाईनान्सको शाखा कार्यालय कलंकीको कारोबार शुभारम्भ



काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीमा शाखाको कारोबार शुभारम्भ गरेको छ ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाईनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटि, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक भरतपुर, टाँडी, पर्सावजार, ईनरुवा, झुम्का वजार, विराटचोक, चाबहिल र गोंगबुमा २३ वटा शाखा रहेका थिए भने अव थप १ शाखा सहित शाखा संख्या २४ रहनेछ ।

२०७८ साल पौष मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्