समृद्धि फाइनान्सको हकप्रद शेयर आजदेखि बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको हकप्रद शेयर आज ( फागुन ८ गते, आइतबार) देखि निष्काशन तथा बिक्री खुल्ला गरेको छ । फाइनान्सले २७ करोडठ २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुला गरेको हो ।
फाइनान्सले १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर २ः१ अर्थात २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको हो ।
फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ । फाइनान्सको हकप्रद शेयरमा लगानीकर्ताले फागुन २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटल क्यापिटल, समृद्धि फाइनान्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
फाइनान्सले हकप्रद निष्काशन प्रयोजनार्थ पौष ११ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, पौष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई मंसिर २९ गते हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको थियो ।